मेयरसाप

बजेट

काठमाडौं महानगरपालिका

रोजगारी

केपी ओली

गुराँस गाउँपालिका

गोदावरी नगरपालिका

धुर्कोट गाउँपालिका

काचो स्याउ

ललितपुर महानगरपालिका

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते

Mayorsap

शनि, माघ १९, २०८१ | २१:४२ बजे

काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपाली दर्शनार्थीको मृत्यु भएको छ । शनिबार महाकुम्भबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

सबै जना जनकपुरधामकै रहेको बताइएको छ । बिहारको मुजफ्फरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् । बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology