मेयरसाप

शिक्षा

शिक्षक

केपी ओली

बालमैत्री

मध्यविन्दु नगरपालिका

पार्किङ

पहिरो

तीनपाटन गाउँपालिका

हरिपुर्वा नगरपालिका

देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने

Mayorsap

मंगल, माघ २२, २०८१ | ०८:५८ बजे

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो । हालै वन तथा भू–संरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा छ सय ४६  रुख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

 

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली – १७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृति दिने निर्णय गरेको थियो । जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले रु एक करोड ६० लाख सात हजार सट्टाभर्नास्वरूप वन तथा भू–संरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो । 
 

सम्झौतापत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख न्यौपाने र देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भू–संरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालकप्रसाद यादवले हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा रुख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषय उल्लेख भएको नगरप्रमुख न्यौपानेले बताए ।

 

ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनमार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने नगर प्रमुख न्यौपानेले बताए । बहुवर्षे योजनाअन्तर्गत यस वर्ष रु १० करोडको स्रोत सुनिश्चित भएको उनको भनाइ छ । रुख कटानको काम अब तत्काल अघि बढ्ने र  ट्रमा सेन्टर निर्माण अगाडि बढ्ने बताए । 

देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगरप्रमुख न्यौपानेले बताए । पूर्वपश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा आगामी दिनमा यहाँ बिरामीले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुलीमात्र नभई सबैका लागि यो योजना महत्त्वपूर्ण रहेको उनले बताए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology