Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

क्यानडा र मेक्सिकोलाई 'ट्यारिफ' लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ २३ गते ०३:३०
Image of storage/news/1738639848.jpg

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा २५/२५ प्रतिशत ट्यारिफ ९शुल्क० लगाउने निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन्  । ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो। योसँगै ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लागि थप अधिकारी चयन गर्नेछ भने मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ। 

यसैबीच चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्प र चिनियाँ अधिकारीबीच अहिलेसम्म वार्ता भएको छैन। ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन्। 


Facebook Comments