मेयरसाप

शिक्षा

शिक्षक

कृषि अनुदान

बालमैत्री

रवि लामिछाने

बेनी–जोमसोम सडक

मिक्वाखोला गाउँपालिका

कमलबजार नगरपालिका

बाढी

चन्द्रबहादुर गुरुङ

रघुगङ्गा गाउँपालिकामा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

Mayorsap

मंगल, माघ २२, २०८१ | १२:४० बजे

बेनी । रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु. सात लाखको अक्षयकोष स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका हुन्।

 

माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा रु. एक-एक लाख राशिको अक्षयकोष स्थापना गरिएको छ । त्यसैगरी, हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरि आधारभूत विद्यालयमा रु ५०-५० हजार राशिको अक्षयकोष स्थापना गरिएको छ । 

 

अक्षयकोषदाता क्षेत्रीले आइतबार गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित प्रभु बैङ्कमार्फत सम्बन्धित विद्यालयको मुद्दति खातामा जम्मा हुनेगरी अक्षयकोष रकम हस्तान्तरण गगरेका छन् । सो अवसरमा अक्षयकोषदाता क्षेत्री र विद्यालयका प्रधानाध्यापकहरुबीच अक्षयकोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ र विपन्न छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । 

 

ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राहरुको शिक्षामा सहज पहुँच पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको क्षेत्रीले बताए । उनले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि समेत रु‍. ५० हजारको मुद्दति कोष स्थापना गरेका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology