मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

स्वास्थ्यकर्मी

फिदिम नगरपालिका

कोहलपुर नगरपालिका

रास्कोट नगरपालिका

स्थानीय सरकार

रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुबेर युवकको मृत्यु

Mayorsap

बुध, माघ २३, २०८१ | १२:२८ बजे

रौतहट । सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।


रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादव डुबेर बेपता भएका थिए ।


मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।


पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।

 

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology