मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

कृषि अनुदान

शौचालय

इस्मा गाउँपालिका

पञ्चदेवल विनायक नगरपालिका

सत्यवती गाउँपालिका

ढकारी गाउँपालिका

अध्यादेश पास गराउने तयारी: अस्वीकृतको प्रस्तावकर्तालाई ५ र समर्थकलाई ३ मिनेट बोल्न दिइने

Mayorsap

बुध, माघ २३, २०८१ | १९:२० बजे

काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने भएको छ । बुधबार सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकरूसँगको छलफलमा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने सहमति भएको छ ।  

 

छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि थिए । अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाइ ५ मिनेट र समर्थकलाई ३ मिनेट बोल्न दिने तय भएको छलफलपछि कानुनमन्त्री चौरसियाले जानकारी दिए ।  
 
६ वटा अध्यादेशउपर प्रतिनिधिसभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । बिहीबार प्रतिनिधिसभामा सबै अध्यादेशहरू निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । बिहीबार नै सभाले अध्यादेश स्वीकृत वा अस्वीकृतको निर्णय गर्ने मन्त्री चारसियाले बताए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology