मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

कृषि अनुदान

औद्योगिक ग्राम

नाम्खा गाउँपालिका

धरान उपमहानगरपालिका

सुखीपुर नगरपालिका

दुल्लु नगरपालिका

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

Mayorsap

बुध, माघ २३, २०८१ | १९:३२ बजे

वीरगञ्ज । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन्। साहलाई बुधबार दिउँसो २ बजे वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए।

 

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ९क० बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ। लम्सालका अनुसार साहबाट बरामद भएको रकमको स्रोत खुलेको छैन। स्रोत नखुलेको रकम हुन्डी कारोबारमा प्रयोग हुने गरेकाले प्रहरीले संलग्नलाई कानुनी दायरामा ल्याउने गरेको छ

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology