मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

कृषि अनुदान

ताला

एम्बुलेन्स

बसाइँसराइ

बडिगाड गाउँपालिका

साइकल जात्रा

बुढानीलकण्ठ नगरपालिकाले सामूहिक ल्होछार पर्व मनाउने

Mayorsap

बुध, माघ २३, २०८१ | १९:४७ बजे

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरी सामूहिक रुपमा ल्होछार/ल्होसार पर्व मनाउने भएको छ ।

सो नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गरी तमु, सोनाम र ग्याल्पो ल्होछार/ल्होसार सबैलाई समेटेर यही माघ २६ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । सो कार्यक्रमका लागि  ल्होछार/ल्होसार मान्ने समुदायलाई समेटी सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

कार्यक्रममा नगरपालिकाभित्र बसोबास गर्ने विविध जाति, जनजाति (विशेषगरी तामाङ, गुरुङ, शेर्पा, भोटे) तथा विभिन्न समुदायको भेषभूषा, एवं सांस्कृतिक झाँकी, नृत्य तथा साङ्गितिक प्रदर्शनी गरिने जनाइएको छ ।

ज्येष्ठ नागरिक पार्क, गोल्फुटार, बुढानीलकण्ठ–८ को कार्यालय नजिकै हुने उक्त कार्यक्रमस्थलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म परम्परागत खानाका परिकार, मौलिक वस्तु, पहिरन आदिको स्टल राखिने आयोजकले जानकारी दिएको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology