Ad Image

आज संसदमा प्रचण्डले सम्बोधन गर्ने

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738809611.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन् । संसदको हिउँदे अधिवेशनको सुरुका दिनमा शीर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन् तर आजको बैठकमा भने सम्बोधन गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

 

सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशका निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना देखिएको छ ।