Ad Image

आत्मरक्षाको लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर चितवनमा हात्तीको मृत्यु

User Image मेयरसाप डेस्क | ५ महिना अगाडि
Image of storage/news/1738810993.jpg

चितवन । चितवनको सौराहा आसपासका क्षेत्रमा स्थानीयलाई दुःख दिने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ ।  मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।  उक्त हात्ती सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले दाबी गरेको छ ।  

मकुनाको मृत्युपछि बुधवार नै निकुञ्जले जारी गरेको विज्ञप्तिमा आत्म सुरक्षाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ’वार्निङ’ (चेतावनी) हवाई फायर गरेको जनाइएको छ ।

 

‘२ राउण्ड बार्गेनिङ हवाई फायर गर्दा पनि मकुना नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसाद सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यान सुरक्षाको लागि अत्यन्त कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो, निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

३ राउण्ड गोली हानेपछि मकुना केही पर भागेको मकुनाले फेरि फर्के आक्रमण गर्न आएपछि अर्को राउण्ड पनि गोली हान्नु परेको विज्ञप्तिमा भनिएको छ । अन्तिम गोली लागेपछि भने भागेको मकुना एक किलोमिटर पर पुगेर ढलेको अवस्थामा भेटिएको जनाइएको छ ।