मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

उपहार

त्रिशूली

भैरवी गाउँपालिका

धरान उपमहानगरपालिका

बौद्धीमाई नगरपालिका

तरबारले केक काटेर आतंक फैलाएको आरोपमा ७ जना पक्राउ

Mayorsap

बिही, माघ २४, २०८१ | १९:१० बजे

काठमाडौं  । केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा सात जना पक्राउ परेका छन् । बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं–२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका–६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर, गोरखा आरुघाट गाउँपालिका–७ घर भई पवित्रनगर नै बस्ने २७ वर्षीय सुमन पराजुली रहेका छन्।

यस्तै, काभ्रे रोशी गाउँपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका(११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका–६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका३ घर भई काठमाडौं–७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १०÷१५ जनाको समूहमा रहेका उनीहरुले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए।

‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसएसपी बस्नेतले बताए ।  
गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएपछि बस्नेतले राजधानीमा गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology