मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

‘एक घर, एक धारा’

सामुदायिक विद्यालय

लुम्बिनी विकास कोष

देवचुली नगरपालिका

निस्दी गाउँपालिका

प्रसूति व्यथा लागेको १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार

Mayorsap

बिही, माघ २४, २०८१ | १९:३४ बजे

किमाथाङ्का । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलाको नेपाली हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला–४ नामासेकी ३६ वर्षीया याङजम भोटेको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरिएको हो । 

 

यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा विकट मानिन्छ । प्रसूति व्यथा लागेर बुधबार साढे १० बजे नामासे सामुदायिक स्वास्थ्य इकाइमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रमुख प्रशासकीय फुर्पु भोटेले जानकारी दिए। उनलाई काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह पठाइएको उनले बताए ।  

 

सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावले दुर्गममा भरपर्दो प्रसूति सेवा छैन । गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत २०७७ सालदेखि हालसम्म २४ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले बताउइन्। उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवती १७ देखि ३६ वर्ष उमेर समूहका छन् ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology