मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

लुम्बिनी विकास कोष

गृहमन्त्री

शुक्लागण्डकी नगरपालिका

बुढीगङ्गा गाउँपालिका

मालिका गाउँपालिका

आज विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

Mayorsap

आइत, माघ २७, २०८१ | ०६:४१ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९  पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १५ पैसा र बिक्रीदर चार रूपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४४ पैसा र बिक्री दर ३१ रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६६ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८३ पैसा र बिक्रीदर १२ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ २७ पैसा र बिक्रीदर ४५४ रूपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १२ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology