प्रतिनिधिसभा बैठकः अध्यादेशको प्रस्ताव आज पनि कार्यसूचीमा परेन
Mayorsap
आइत, माघ २७, २०८१ | ०६:५९ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बैठक बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्ने तय भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेश गर्नेछन् । नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथी प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गरिने भएको छ ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो संसोधन० विधेयक, २०८१’, ‘नेपाल प्रहरी विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘नेपाल प्रहरी विधेयक, २०८१’ प्रस्तुत गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्ने छन् ।
विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्णयार्थ पेश गरिनेछ भने कानुन मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाई पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जनाएका छन् । तर, सरकारले आजको बैठकमा पनि अध्यादेशलाई कार्यसूचीमा समावेश गरेको छैन ।