आठविसकोटको सडक मर्मतसम्भारको भुक्तानीको विषयमा विवाद हुँदा नगरको आर्थिक प्रशासन शाखामा तोडफोड


रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सडक मर्मतसम्भारको भुक्तानीको विषयलाई लिएर तोडफोड भएको छ । सोमबार बिहान ११ बजेको समयमा आर्थिक प्रशान शाखाकामा केही जनप्रतिनिधि, निर्माण व्यवसायी तथा उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरी शाखामा रहेका सामग्रीहरुको तोडफोड गरेको बताएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै केही जनप्रतिनिधि र उपभोक्ता समितिका प्रनितिनिधिले भुक्तानीको विषयलाई लिएर कर्मचारी माथी अभद्र व्यवहार तथा गालिगलौज गरी शाखामा रहेका सामग्रीहरुको तोडफोडबाट अभिलेखर श्रेस्तार कागजातमा क्षति भएको उल्लेख गरिएको छ ।
सडक मर्मतसम्भारको भुक्तानीको विषयमा नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक धनकुमारी शाहीले अनुगमन प्रतिवेदनमा गरेको टिप्पणीको विषयलाई लिएर विवाद हुँदा शाखामा तोडफोड भएको विज्ञप्तिमा उल्लेख गरिएएको छ । नगरपालिकाको कार्यालयको सेवा प्रवाहमा देखिएका कुनै पनि समस्याहरु वार्ता, छलफल र संवादबाट समस्या समाधान गर्ने वा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै यस्ता प्रकारका अराजक। गतिविधिले नगरपालिकामा कार्यरत कर्मचारीहरु असुरक्षित हुन गई सेवा प्रवाहमा गम्भिर समस्या उत्पन्न भएको छ विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरुले घटनाको छानविन गरी दोषी माथी कार्वाही गर्न सम्बन्धित सरोकारवालासँग समेत माग गरेका छन् । साथै, कार्यालयमा काम गर्ने सुरक्षित वातावरण नभएसम्मको लागि नगरपालिका मातहतका सम्पूर्ण शाखा, वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु स्थगन गरिएको समेत कर्मचारीहले विज्ञप्ति मार्फत जानकारी बनाएका छन् ।
