Ad Image

नेपालका बाँददरहरू चीनतिर बेचौं–सांसद खतिवडा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739178816.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल सरकारले कृषकलाई दुःख दिइरहेका बाँदरलाई चीनतिर बेच्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले बाँदरले पहाडी भेगमा दुःख दिएकाले चीनमा बेच्न पाउने व्यवस्था गर्न सरकारलाइ आग्रह गरेका हुन् । उनले अन्य देशहरुले पनि चीनमा बाँदर बेचेकाले नेपालले पनि बेच्नुपर्ने तर्क गरे । नेपालको पहाडी भेगमा बाँदरले बालीनाली खाइदिएकाले कृषकहरु पीडित हुने गरेका छन् ।

 

केही अघि अहिलेकी परराष्ट्र मन्त्री आरजु  राणाले पनि बाँदरको स्थायी बन्ध्याकरण गर्नुपर्ने तर्क संसदमा उठाएकी थिइन । देशभरका विभिन्न स्थानीय तहहरुले बाँदर रुघ्ने कर्मचारीहरु नै करारमा भर्ना गरेका पनि छन् ।