Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रुकुममा २ जनाको हत्या, मुख्य आरोपीको पनि शव फेला

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ ३० गते १५:४५
Image of storage/news/1739288724.jpg

रुकुम पूर्व । भुमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या भएको छ। हत्या अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ। साकिमका अन्दाजी ५१ वर्षी चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाँटी बुढा र निजका नाति ८ महिनाका समीर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ।

मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।


Facebook Comments