मेयरसाप

दार्मा गाउँपालिका

गुराँस गाउँपालिका

अन्नपूर्ण गाउँपालिका

घोडाघोडी नगरपालिका

काचो स्याउ

सङ्ख्यामा हैन, गुणस्तरमा ध्यान दिन सचिव पौडेलको आग्रह

Mayorsap

शुक्र, फागुन २, २०८१ | १६:३४ बजे

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।


उनले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताए । बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाट गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताए ।


उनले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गरे । सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षण पेसाप्रति थप आकर्षण बढ्ने सचिव पौडेलले उल्लेख गरे।


“बागलुङको शैक्षिक पूर्वाधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले राहत पुर्याएको छ”, सचिव पौडेलले भने । उनले शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा राज्यले प्रोत्साहन दिनुपर्ने बताए ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ५० लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको हो ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology