मेयरसाप

पर्यटन

विनयी त्रिवेणी गाउँपालिका

पाटन नगरपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

खजुरा गाउँपालिका

‘सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध’

Mayorsap

शुक्र, फागुन २, २०८१ | १६:४१ बजे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न  रहेको बताएका छन् ।


नेपाल कम्युनिष्ट पार्टी ९एमाले० विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया उनले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताए  ।


सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उनले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताए । उनले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को मध्यामबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए ।


‘आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने बित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ’, उनले भने । उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनुभूति दिइरहेको बताए ।


उनले धुवाँ, प्रदूषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिए । उनले पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताए ।


मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने समेत तयारी भइरहेको उल्लेख गरे । उनले मन्त्रालयअन्तर्गतका कानूनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राखे । उनले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताए ।


कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष सुनैना पाण्डेले सूचना प्रविधिसँग सम्बन्धित कानूनमा देखिएका समस्यालाई सरकारले सहजीकरण गर्नुपर्ने बताइन् । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology