मेयरसाप

मिक्वाखोला गाउँपालिका

नाम्खा गाउँपालिका

भरतपुर महानगरपालिका

टेम्केमैयुङ गाउँपालिका

‘घर घरमा डाक्टर’

माओवादीप्रति आकर्षणको लहर सुरु भएको छः प्रचण्ड

Mayorsap

शनि, फागुन ३, २०८१ | १७:३५ बजे

बागमती । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताएका छन्।


मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए।


उनले भने, ‘जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाँईहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।’


पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। उनले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिए ।


माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताए। उनले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology