Ad Image

झापामा प्रहरी कार्यालयभित्रै सई झुण्डिएको अवस्थामा मृत फेला

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739689538.jpg

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । ब्यारेकमा झुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।


डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको झापाका एसपी मिलन केसीले बताए । उनी भोजपुरका स्थानिय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।