झापामा ६१६ नयाँ क्षयरोगका बिरामी भेटियो


झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् ।
चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए ।
आर्थिक वर्ष २०७९/८० मा एक हजार ४५ र आव २०८०/८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताए ।