Ad Image

अमेरिकी नागरिक विदेशी मुद्रासहित पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739693574.jpg

काठमाडौँ । बाह्य मुलुकतर्फ अवैध रूपमा लुकाई छिपाई लैजान लागेको विदेशी मुद्रासहित शनिबार दिउँसो प्रहरीले अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई पक्राउ गरेको छ । 

 

काठमाडौँबाट बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो ।

 

उनको झोलाबाट जाँचगर्ने क्रममा १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपियाँ, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि उनलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।