मेयरसाप

उपेन्द्र यादव

विश्व सम्पदा

धुर्कोट गाउँपालिका

काठमाडौं महानगरपालिका

स्वास्थ्य

काठमाडौँ महानगरपालिकाले करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउने

Mayorsap

शुक्र, फागुन ९, २०८१ | १४:५२ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि  कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ।
 

महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ्याउने काम भइरहेको हो ।


विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि रु २९ करोड ४७ लाख ८८ हजार आठ सय ५९ लागत अनुमान गरिएको थियो ।


सम्पन्न भएका पाँच वटा योजनामार्फत १० हजार सात सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नं ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ । यसको लागत रु एक करोड २६ लाख ६० हजार हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ । यसको लागत रु एक करोड ५४ लाख ६८ हजार आठ सय  हो ।


वडा नं २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत रु‍. एक करोड ३६ लाख २९ हजार सात सय २७ रहेको छ । वडा नं २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा रु. ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology