मेयरसाप

बडिगाड गाउँपालिका

फोहोरमैला व्यवस्थापन

एम्बुलेन्स

छाउपडी

गुणस्तरहीन दुध

बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

Mayorsap

शुक्र, फागुन ९, २०८१ | १५:०३ बजे

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ ।


निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ ।


आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए । जसबाट एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै  विद्युत् आपूर्ति हुने उनले बताए ।


विद्युत् अवरुद्ध हुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र जनजीवन प्रभावित भएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology