मेयरसाप

त्रिवेणी गाउँपालिका

भेरी नगरपालिका

स्काइ–वाक टावर

भरतपुर महानगरपालिका

निस्दी गाउँपालिका

कांग्रेस बलियो भएर पनि कमजोर जस्तो देखिएको छ : प्रकाशमान सिंह

Mayorsap

शनि, फागुन १०, २०८१ | २०:१५ बजे

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन् । नेपाली कांग्रेस धनुषाले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पारे । “विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ । सबैलाई मिलाएर महाधिवेशन हुनेमा सबै विश्वस्त छौँ”, नेता सिंहले भने ।

उनले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको जिकिर गरे । “कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ । पार्टीभित्रका समस्या हामीले नै समाधान गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी सङ्गठनलाई अघि बढाउन आवश्यक छ”, पूर्वमहामन्त्री सिंहले भने, “पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुन्छ । आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्य गर्छ । यसर्थ मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढौँ ।”

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कांग्रेसकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए । आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुङ्गाना र गुरु बराललगायतको सहभागिता रहेको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology