मेयरसाप

शुक्लाफाँटा नगरपालिका

नवजात शिशु

बैजनाथ गाउँपालिका

राष्ट्रिय प्रतिभा पुरस्कार

पर्यटक शुल्क

स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सह–अस्तित्वको अनुपम समाज होः बालेन

‘स्वयम्भू महोत्सव’ सुरु

Mayorsap

शनि, फागुन १०, २०८१ | २०:४१ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सह-अस्तित्व र सह-भावमा आधारित अनुपम समाज भएको बताएका छन् ।  आजदेखि सुरु गरिएको  ‘स्वयम्भू महोत्सव’को उद्घाटन गर्दै मेयर बालेनले हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रलाई प्रवर्द्धन गर्नु बताए ।  आफ्नो धर्म मान्ने, अरूको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । उनले भने,  ‘सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्द्धन गर्नुपर्छ ।’

 

उनले पर्यटन पूर्वाधारको विषय उठाउँदै भने, ‘सूक्ष्म पोषक तत्वयुक्त मौलिक खानाको विशेषता अतुलनीय छ । यसलाई प्याकेजिङ् गरेर प्रवर्द्धन गर्न सकिन्छ । प्याकेटको बाहिर खानामा पाइने तत्वहरु उल्लेख गर्ने हो भने खाना सेवाको व्यवसायीक उचाइ धेरै माथि पुग्नेछ । यससँगै कला र संगीत पनि पर्यटकका लागि चाख लाग्ने क्षेत्र हुन सक्छन् । महोत्सवका यस्ता पक्ष थप उजागर हुने अपेक्षा लिएका छौँ ।’

 

यसैगरी महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सवले टेवा पुग्ने बताइन् ।  महोत्सव सुरु हुनु अघि सांस्कृतिक झाँकीसहित वडाका विभिन्न स्थानहरूको परिक्रमा गरिएको थियो । वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गरिएको हो । 

 

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिएको छ । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनी महोत्सवका आकर्षण हुन् । स्थानीयबासीले उत्पादन गरेका मौलिक सामान तथा वस्तु पनि प्रदर्शन, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता ९फेस पेन्टिङ्० जस्ता क्रियाकलापले महोत्सव अवलोकन जाने सहभागीलाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology