मेयरसाप

कमला नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

सुनिता डंगोल

बटेश्वर गाउँपालिका

तिलागुफा नगरपालिका

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब पुग्यो

Mayorsap

आइत, फागुन ११, २०८१ | १९:०४ बजे

काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा  ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो । त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात रु ७९ अर्ब २८ करोड ५६ लाख रहेको छ । 

 

विभिन्न परियोजनामा लगानी रु सात अर्ब ७२ करोड ४४ लाख रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिए । यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा रु दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा रु एक अर्ब ६० करोड ६० लाख लगानी रहेको जानकारी दिइयो । निक्षेपको प्रतिशतमा आएको गिरावटले सेनाका सोवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने सङ्गठनले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology