मेयरसाप

सुखीपुर नगरपालिका

निशुल्क भर्ना

वृक्षरोपण

कला

रामनगर गाउँपालिका

मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली

Mayorsap

आइत, फागुन ११, २०८१ | १९:३८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई शुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए । 

 

“सेवा प्रवाहका कुरामा सेवाग्राहीलाई सकारात्मक भावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुुभकामनालाई  सार्थक बनाउन व्यवहारिक रुपमा त्यसअनुसारको काम गर्न म आग्रह गर्छु”, प्रधानमन्त्री ओलीले भने, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनु छ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैको साथ होस् भन्ने मेरो चाहना हो ।’’

 

सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो ।यसैबीच, प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा समेत सहभागी भएका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology