मेयरसाप

स्नातक तह

बुद्धजन्मस्थल

रावा बेसी गाउँपालिका

छेडागाड नगरपालिका

पाटन नगरपालिका

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा विरोध आह्वान गर्ने ४ जना पक्राउ

Mayorsap

मंगल, फागुन १३, २०८१ | १५:५३ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्‍घाटनमा विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार राजु सुनुवार, किरण केसी, मोहन श्रेष्ठ र राजेश दाहाललाई नियन्त्रणमा लिइएको छ । एसपी बोहराले भने,'प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम बिथोल्ने गरी उनीहरूले सामाजिक सञ्जालमा आह्वान गरेका थिए । त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।'


चारै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरिसकेका छन् । कार्यक्रम भने चलिरहेकाले उनीहरूलाई नछाडिएको प्रहरीको भनाइ छ । कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology