मेयरसाप

भेरी नगरपालिका

साँगुरीगढी गाउँपालिका

दार्मा गाउँपालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

इस्मा गाउँपालिका

सेयर बजारमा ७.१३ अंकको वृद्धि

Mayorsap

मंगल, फागुन १३, २०८१ | १५:४४ बजे

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ ।


बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो ।


कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो ।


त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१, लगानी ०.७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०.०२ प्रतिशत बढे । विकास बैंक ०.१२, फाइनान्स ०.७१, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशत घटे ।


दुई कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८.९६, भूगोल इनर्जीको ८.४१ तथा नेपाल पुनर्बीमाको मूल्य ६.२८ प्रतिशत बढ्यो ।


त्यस्तै विन नेपाल लघुवित्तको ८.९७, राप्ती हाइड्रोको ६.६८, रिलायन्स फाइनान्सको ४.६१, छ्याङ्दी हाइड्रोपावरको ४.१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४.०४ प्रतिशत घट्यो ।


कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एचआईडीसीएल, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology