मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

उपहार

भजनी नगरपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

धुलिखेल नगरपालिका

प्रशासकीय भवन

सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना

Mayorsap

बिही, फागुन १५, २०८१ | १२:५३ बजे

सिराहा । सिराहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।

 

नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्‌घाटन गरे ।


‘हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ’, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने ।


यनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको  छ ।


केन्द्र स्थापना भएसँगै सर्पले डसेमा उपचारका लागि चोहर्वा वा लहान जानुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिकाका अध्यक्ष यादवले बताए । उनका अनुसार उपचारका लागि आवश्यक पर्ने ‘स्नेक एन्टी भेनम’ तथा अन्य सामग्री व्यवस्थापन गरी केन्द्र सञ्चालनमा आएकाले उपचारमा स्रोत अभाव नहुने बताए ।


केन्द्र सञ्चालनमा आएसँगै नवराजपुर गाउँपालिकाका साथै जिल्लाका भगवानपुर, बरियारपट्टी र औरही गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गरेका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology