मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

फोहोरमैला व्यवस्थापन

ठाँटीकाँध गाउँपालिका

बागलुङ नगरपालिका

‘मध्यपुर थिमि महोत्सव’

सामुदायिक विद्यालय

कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा ट्रकको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

Mayorsap

बिही, फागुन १५, २०८१ | १३:०१ बजे

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।


इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् ।


घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology