मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

रक्सी–चुरोट

घोडाघोडी नगरपालिका

नौकुण्ड गाउँपालिका

रेणु दाहाल

साँगुरीगढी गाउँपालिका

तराईमा बिहानैदेखि लागेको हुस्सु हट्दै

Mayorsap

शुक्र, फागुन १६, २०८१ | १६:२४ बजे

काठमाडौं । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो।


महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए। ‘हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोधसमेत गरेका थियौँ’, उनले भने, ‘हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले   सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ। उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।’


दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने उल्लेख गरे। महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology