Ad Image

बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740759000.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर बालेनले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्– प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!

मेयर बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरीबन्धु टि–स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन् ।