मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

नाम्खा गाउँपालिका

गोरखा नगरपालिका

मुसीकोट नगरपालिका

स्काइ–वाक टावर

पुरातात्विक संरचना

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा

Mayorsap

शुक्र, फागुन १६, २०८१ | २२:१२ बजे

काठमाडौं । मधेस प्रदेशबाहेक देशका अधिकांश भूभागमा आज वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए ।

 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ । ती प्रदेशका धेरै ठाउँमा हल्ला र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो । बागमती प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उनले बताए । कोशीका थोरै भूभागमा पानी परेको छ । आज राति पनि ठाउँठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए ।

 

महाशाखाका अनुसार आज रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ । मौसमविद् पुडासैनीले भने, “भोलि आजभन्दा केही कम छ तर बदली चाहीँ छ, भोलि काठमाडौंमा आजभन्दा केही सुधार मात्रै छ, दिउँसोतिर फाट्टाफुट्ट पानी पर्नसक्छ, मधेशमा बदली मात्रै छ, पर्सी आइतबारबाट खुल्छ ।”

 

कुन ठाउँमा कति पानी प¥यो 

उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा उपत्यकामा भएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology