मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

मालिका गाउँपालिका

चौँरी महोत्सव

फोहोर

हर्क साम्पाङ

पार्किङ

दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत

Mayorsap

शनि, फागुन १७, २०८१ | १९:४५ बजे

पर्सा । दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन खेलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक युनाइटेड वीरगञ्जले पहुना टोली गरवाल डाइमन्ड फुटबल क्लब दिल्लीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनको यात्रा तय गरेको हो । खेलको दोस्रो हाफको सुरुआती चरणमा डाइमन्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले बल ‘क्लियर’ गर्ने  क्रममा सो बल आत्मघाती गोल हुँदै वीरगञ्ज युनाइटेड विजयी भएको हो ।

 

खेलको पहिलो हाफमा वीरगञ्ज युनाइटेडले ‘पेनाल्टी सुट आउट’को अवसर पाएको थियो तर कप्तान शिषस थापाले त्यो अवसरलाई गोलमा परिणत गन सकेनन् । आइतबार खेल भने सङ्कटा फुटबल क्लब र सहलेश फुटबल क्लब सिरहाबीच हुँदैछ । यसअघि  गोल्डकपको उद्घाटन गर्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुने बताए।

 

“यस प्रतियोगिताले फुटबलको सीप, कला सिक्ने र खेलमै आफ्नो करियर बनाउनका लागि ठूलो सहयोग पु¥याउने विश्वास लिएको छु”, उनले भने, “प्रतियोगिताले खेलकुदको विकास मात्रै नभई समग्रमा यहाँको अर्थतन्त्र, पर्यटन र सामाजिक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।”

 

क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगञ्जमा फुटबल खेलको संस्कृति प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताले ओझेलमा परेका खेलाडीलाई नयाँ ‘प्लेटफर्म’ प्रदान गर्ने बताए ।

 

आजदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी छन् ।

 

प्रतियोगिताको विजेता टोलीलाई  नगद रु ११ लाख ११ हजार १११ र उपविजेता  हुने टोलीलाई रु पाँच लाख ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology