मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते
Mayorsap
शनि, फागुन १७, २०८१ | २०:१० बजे

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैंडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।