अबदेखि एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने
Mayorsap
आइत, फागुन १८, २०८१ | १८:२६ बजे

काठमाडौं । नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो ।सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था रहेकामा अब केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको बताए ।
साथै कमिटीको संख्या घटाउने निर्णय गरेको पनि उनले बताए । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ । त्यस्तै बैठकले एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।