एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर व्यूरोमा उजुरी


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको बताएका छन् । आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले वेवास्ता गरेपछि आफू कानूनी कारवाहीमा अगाडि बढेको बताएका छन् ।
