मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदन

सुनिता डंगोल

प्रविधि

रुरुक्षेत्र गाउँपालिका

संस्कृति

महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको तयारी: २२ गते प्रचण्डले सम्बोधन गर्ने

Mayorsap

बुध, फागुन २१, २०८१ | १४:०७ बजे

महोत्तरी । तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीले भब्य तयारी गरेको छ । २२ फाल्गुनमा जिल्लाको  सम्सी बजारमा हुने आमसभामाको लागि पूर्ण  तयारी गरेको हो ।

 

आमसभामा मात्र १२ हजार मानिसहरु  सहभागी हुने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

 

यही अन्तर्गत आज नै अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरु जिल्लाको मटिहानी प्रवेश गर्नेछन । मटिहानीका नगरप्रमुख हरि मण्डल र जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले उनीहरुलाई भब्य स्वागत गर्ने कार्यक्रम छ ।

 

पदाधिकारीहरुलाई स्वागत गर्न जिल्लाका मुख्यद्वारहरुमा मात्र २ सय भन्दा बढी गेटहरु सजाईएका छन् । २२ गते एकडारा गाँउपालिकामा जनतासँग खुल्ला संवाद गरेपछि पदाधिकारीहरु सम्सीतर्फ अगाडी बढने माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

 

फाल्गुन-१२ गते झापाको कचनकवलको वनियानी वजारवाट सुरु भएको यो अभियान २२ गते आमसभा गरेपछि सर्लाही प्रवेश गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology