सांसदहरूले नै सांसदहरू किनबेच हुन्छन् भने, आधुनिक युगमा लाजमर्दो भयो : प्रभु साह
Mayorsap
बुध, फागुन २१, २०८१ | १५:०५ बजे

काठमाडौं। आम जनता पार्टीकबा अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने । २१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए ।
‘अहिलेको २१औं शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो छ । सिंगै संसद अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यु गम्भीर हुन जरुरी छ । सम्मानित संसद अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ,’ उनले भने ।
जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ । ‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन रु मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन ?,’ साहले प्रश्न गरे ।