पर्वतमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ


पर्वत । पर्वतमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिक रहेका छन् । बिकले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।