दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
Mayorsap
बिही, फागुन २२, २०८१ | ०७:१६ बजे

काठमाडौं । न्युजिल्याण्डले आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो । न्युजिल्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै ३१२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार गरेपनि दक्षिण अफ्रिकालाई जिताउन जिताउन भने सकेनन् । त्यस्तै रस्सी भन डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रन बनाएका थिए । त्यस्तै न्युजिल्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिपले २र२ विकेट लिएका थिए ।
यस अघि न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनाएको थियो । पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए ।
यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९र४९ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए । अब न्युजिल्याण्डले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि भारतको सामना गर्ने छ ।