मेयरसाप

बालेन शाह

अर्थ

काठमाडौं महानगरपालिका

कर्मचारी

शिक्षा

राजनीतिक दल

ठाँटीकाँध गाउँपालिका

विश्व सम्पदा

गैंडाकोट नगरपालिका

सामुदायिक विद्यालय

‘बुक फ्री फाइडे’

राष्ट्रियसभा बैठक बस्दै, ५ अध्यादेश निर्णयार्थ पेश गरिँदै

Mayorsap

बिही, फागुन २२, २०८१ | ०७:२६ बजे

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बुधबार  प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुद पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको हो । 

 

प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश–२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो । योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई भने अहिले 'होल्ड' मा राखेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology