प्रतिनिधिसभा बैठक बस्दै, आज ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’ हुने


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्नेछन् ।
