Ad Image

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742478498.jpg

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।


बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो ।


विधेयकमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए । तर दुई वटा बाहेक सबै संशोधनहरू बहुमतले अस्वीकृत भए । अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।