पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ


पोखरा । पोखरा महानगरपालिकाका फाइल फर्छ्यौट शाखाका कर्मचारी कपिल गिरी २५ हजार घुससहित पक्राउ परेका छन् । बिहीबार गिरीलाई महानगरको गेटबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार पोखराका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।