Ad Image

राजावादी र गणतन्त्रवादी आमनेसामने : एमालेले घोषणा गर्‍यो सबै वडामा जनसचेतना कार्यक्रम

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742481357.jpg

काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय राजावादीको गतिविधि बढेपछि सरकारको नेतृत्व गरिरहेको एमाले पनि प्रतिवाद–शक्ति प्रदर्शनमा उत्रने भएको हो । 

 

एमालेले यही चैत ११ गते देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।  महासचिव शंकर पोखरेलले आज जिल्ला अध्यक्ष र इन्चार्ज एवं प्रदेश अध्यक्ष र इन्चार्जहरूको भर्चुअल बैठक राखेर जनपरिचालनबारे निर्णय सार्वजनिक गरेका हुन् । 

 

कार्यक्रम निम्नानुसार छन्ः
- प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडा केन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने । 

 

- सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्ला स्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने । 

 

- चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । 

 जागरण सभा नहुने जिल्लाका  हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने । 

 

- चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।