Ad Image

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजदेखि

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742521009.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।  पहिलो महाधिवेशनपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक आज र भोलि मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । 

 

अध्यक्ष रन्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।

 

सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

 

साथै, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि केन्द्रीय समिति बैठकमा बस्नेछन् । 

 

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।